Wednesday, February 26, 2025

बारा प्रहरीले गर्‍यो अफिम १ किलो ७५० ग्राम पक्राउ:-

ताजा / भरखरै प्राप्त

बारा प्रहरीले १ किलो ७५० ग्राम अफिमसहित एक जनालाई बारा अमलेखगंज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ६ पकनी बस्ने २१ वर्षका रबिन्द्र मोक्तान रहेको छन् ।

बारा जिल्लाको
इलाका प्रहरी कार्यालय, अमलेखगंजले,
जीतपुरसिमरा उपमहा नगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित चोकमा चेकजाँच गर्दा हेटौंडाबाट बिरगंज
जाँदै गरेको बा ६३ प८२६२ नम्बरको २२० सि .सि . पल्सर मोटरसाइकलको सिटमुनी लुकाएर लगी राखेको अफिम र मानिससहित पक्राउ गरी लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट १० दिन म्याद लिई थपअनुसन्धान भईरहेको बारा प्रहरीले जानकारी गराएको छन् ।

पल्सर मोटरसाइकलस भित्र १ किलो ७५० ग्राम अफिम र मोटरसाइकल मानिससहितको पक्राउ गरेको हो, बारा प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles