Wednesday, February 26, 2025

राैतहटको माैलापुर मधानी महोत्सव सम्पन्न:-

ताजा / भरखरै प्राप्त

रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवरात्रि मधानी महोत्सवमा नेपाल र भारतका चर्चित कलाकारले संगीत कार्यक्रमको साथ मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारहरूले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरि आफनो कला देखाएको थिए ।

भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे सहित कुम्भ मेलाको भाईरलगर्ल मोनालिसा लगायतका कलाकारहरूले शिवमन्दिरमा दर्शन
गरेको हो ।

यसैगरी भोजपुरी कलाकार मिंटुवा, भोजपुरीका गायक सुनिल पंडित, गायिका अनु चौधरी, नेपाली कलाकार गौरभनारायण राई, सहित स्थानीय कलाकारको मधानी महोत्सवमा विशेष सहभागिता रहेको थियो ।
यि कलाकारहरुले आज आयोजना भएको मधानी महोत्सव २०८१ को विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो कलाको प्रदर्शन
गरेका थिए ।

पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि प्रत्येक साल मधानी महायज्ञ राैतहटको मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles