Sunday, June 29, 2025

पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाको वार्ड नम्बर ६ गमरियाको स्वास्थ चौकी निरको सेडमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

बाराको चर्चित गैरसरकारी संस्था हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाको वार्ड नम्बर ६ गमरियाको स्वास्थ चौकी निरको सेडमा आयोजनामा व्यक्तित्व विकास तथा एस.इ.इ अभिमुखिकरण कार्यक्रम-२०८१ भव्य रूपमा सम्पन्न भएको छ।

हेल्पिङ हैण्ड युथ सोसाइटीको अध्यक्ष श्री राज कुमार गुप्ता ज्यु को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बहुदरमाइ नगरपालिका नगर प्रमुख श्री सिङसन साह ज्यु रहनुभएको थियो।

साथै, त्यस पालिकाका वार्ड नम्बर ६ का वार्ड अध्यक्ष र वार्ड नम्बर ८ का वार्ड अध्यक्ष ज्युको बिशेष अथितिमा सबै माध्यमिक बिधालयका प्र.अ तथा सबै शिक्षाक संचारकर्मी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

प्रशिक्षण प्रदान गर्ने वक्ताहरूमा मोटिभेशनल स्पीकर प्रदीप कुमार साह, गोविन्द गुप्ता हुनुहुन्थ्यो भने कार्यक्रमको प्रबन्धन र निर्देशन पुनम यादव,सन्दीप कुमार तथा उद्घोषण यस संस्थाको सदस्य श्री कुम कुम गुप्ता ले गर्नुभएको थिए। वहाँरूले व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, र एसईई परीक्षाका लागि आवश्यक रणनीतिहरूमा सहभागीहरूलाई मार्गदर्शन गर्नुभयो।
कार्यक्रममा मोटिभेसनल वक्ता गोविन्द गुप्ता सरले विद्यार्थीहरूलाई एसईई परीक्षा पूर्व कसरी तयारी गर्ने भन्ने विषयमा विशेष प्रशिक्षण प्रदान गर्नुभयो। उनले समय व्यवस्थापन, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्रहरूको अभ्यास, र आत्मविश्वास अभिवृद्धिका विषयमा मार्गदर्शन गरे।

उहाँले विद्यार्थीहरूलाई अध्ययनलाई नियमित र योजनाबद्ध बनाउँदै, परीक्षा नजिकिँदै जाँदा मानसिक तनावलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरामा पनि सुझाव दिनुभयो। गोविन्द सरले सहभागी विद्यार्थीहरूलाई कठिन विषयमा ध्यान केन्द्रित गर्दै, साना-छोटा विश्रामसहित अध्ययन गर्ने रणनीति अपनाउन प्रेरित गर्नुभयो।
यस प्रशिक्षणले विद्यार्थीहरूलाई परीक्षाका लागि सकारात्मक दृष्टिकोण र योजनाबद्ध तयारीमा सहयोग पुर्‍याएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा प्रदीप कुमार साह सरले विद्यार्थीहरूलाई व्यक्तित्व विकासका विविध पक्षबारे प्रशिक्षण प्रदान गर्नुभयो। उनले व्यक्तित्व विकासका लागि आत्मविश्वास, सकारात्मक सोच, प्रभावकारी संवादकला, र समय व्यवस्थापनको महत्त्वबारे विस्तृत रूपमा चर्चा गरे।

त्यस्तै मोटिभेसनल वक्ता प्रदीप कुमार साह सरले विद्यार्थीहरूलाई आफ्नो कमजोरीहरू पहिचान गरेर ती सुधार्न सक्रिय हुने, लक्ष्य निर्धारण गर्ने, र निरन्तर प्रयास गर्दै आफूलाई सक्षम बनाउनुपर्ने कुरामा जोड दिनुभयो। साथै, उनले आत्म-अवलोकन र आत्म-सुधारका उपायहरू विभिन्न डेमो गराउँदै प्रस्तुत गरे।
उनको प्रशिक्षणले विद्यार्थीहरूलाई आफ्ना व्यक्तिगत क्षमता पहिचान गर्न र जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा दिएको सहभागीहरूको प्रतिक्रिया थियो।
कार्यक्रममा ७०० भन्दा बढी विद्यार्थीहरू सहभागी थिए। नगरपालिकाका विभिन्न विद्यालयका छात्र-छात्राहरूलाई समेटिएको यस सेमिनारले उनीहरूलाई आगामी परीक्षा र भविष्यप्रति सकारात्मक दृष्टिकोण विकसित गर्न सहयोग पुर्‍याएको सहभागीहरूको भनाइ छ।

संस्थाले यसअघि पनि पर्सा र बाराका विभिन्न क्षेत्रमा यस्ता शैक्षिक तथा सामाजिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ। हेल्पिङ्ग हैण्ड युथ सोसाइटीले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles