Sunday, June 29, 2025

फिक्कलमा दशकपछि प्रहरी पक्की भवनमासिन्धुली — पीएमरहेको प्रहरीचौकी दशकपछि पालबाट पक्की भवनमा सरेको छ ।

ताजा / भरखरै प्राप्त

जनताको सेवामा रातदिन नभनी खट्नुपर्ने प्रहरीको आफ्नै भने कन्तबिजोग थियो । सिन्धुलीको फिक्कल-४ खाङसाङमा स्थापना भएको एक दशकपछि चौकी पक्की भवनमा मंगलबार सरेको हो ।भवनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द लामिछानेले उद्घाटन गरेका छन् । सरकारको २ करोड ४६ लाख लागतमा निर्माण सम्पन्न भवन साढे दुईतले छ । प्रदेश सरकारले यसअघि ६६ वटा प्रहरी चौकी भवन निर्माण सम्पन्न गरी हस्तातरण गरिसकेको मन्त्री लामिछानेले जानकारी दिए ।२०७२ को भूकम्पपछि प्राप्त पालमा पानी चुहिएकाले बस्न नमिल्ने भएको थियो ।

कार्यालय रहेको जीर्ण भवनमा खाट राख्ने ठाउँसमेत नहुँदा भुइँमा नै कोचिएर बस्नुपर्ने बाध्यता थियो ।जस्ताको छानो र बाँसको टाटीले बेरेको भवन भएकाले जाडोमा शीत चुहिने र गर्मी महिनामा तातेर बस्नै नसकिने प्रहरीहरुको गुनासो थियो ।२०७१ सालमा स्थापना भएको अस्थायी प्रहरी चौकीमा प्रहरी नायब निरीक्षकसहित ५ जना कार्यरत थिए ।यहाँ १५ जनाको दरबन्दी रहे पनि सइको नेतृत्वमा हाल ८ जना मात्र कार्यरत छन् ।नव जनप्रहार सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles