Monday, June 30, 2025

६२ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको बुद्ध एयरको पांग्रा जनकपुरमै खस्योकाठमाडौं ।

ताजा / भरखरै प्राप्त

जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानको अगाडिको टायर उड्ने क्रममा जनकपुरमै खसेको छ ।
बेलुका ५ः४५ को उडानका क्रममा अगाडिको एउटा टायर जनकपुरमा नै छुटेको हो । तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार पांग्रा खसेकोबारे जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र पत्ता लागेको थियो।बुद्धको ९ एनएएनएच विमानको अगाडिको टायर उतै छुटेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सुरक्षित अवतरण गरी पोस्ट फ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर भेटिएको थिएन ।
तर जनकपुर विमानस्थलमा सम्पर्क गर्दा जहाज उड्ने क्रममा नै पांग्रा रनवे नजिकै खसेको पुष्टि भएको बताइएको छ । जहाजमा ६२ जना यात्रु सवार रहेको बुझिएको छ ।
सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles