प्रधान सेनापति अशोकराज सिग्देलले हालै बढुवा भएका दुई सैनिक अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।प्रधान सेनापति सिग्देलले हालै बढुवा भएका रामप्रसाद अधिकारीलाई उपरथी र मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।
आज,बुधबार जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बिच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले
जनाएको छ ।