Saturday, August 16, 2025

सर्लाही प्रहरीद्वारा मानबहादुर गाँजासहित पक्राउ:-

ताजा / भरखरै प्राप्त

सर्लाही प्रहरीले बागमती नगरपालिका–१२, बथाने टोलबाट लागुऔषध गाँजासहित ७६ वर्षीय मानबहादुर बललाई पक्राउ गरेको छ । उनलाई घरमै गाँजा लुकाएर राखी बिक्री वितरण गर्दै आएको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको सर्लाही प्रहरीले बताउँछन् ।
इलाका प्रहरी कार्यालय कर्मैया र हरिवनको संयुक्त प्रहरीको टोलीले
मानबहादुर बलको घर खानतलासी गर्दा लुकाइ राखिएको १६ किलो ५०० ग्राम, गाँजा, बरामद गरेको जनाएको छ।
सर्लाही प्रहरीले लगातार लागुऔषध कारोबारीहरूलाई पक्राउ गर्दै आएको बताउँछन् ।बरामद गरिएको गाँजा र पक्राउ परेका बललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी)सरोज राईले अनुसन्धान भइरहेको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles