Sunday, August 17, 2025

आलुको झोलाभित्र लागु औषध सशस्त्र प्रहरी पर्साद्वारा बरामद:-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगंजमा आलुको झोला भित्रबाट लागु औषध सहित एक जना ब्यक्तिलाई पर्साका सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतिबन्धित लागु औषध सहित जिल्ला बारा महागढिमाई नगरपालिका वडा नं- १४ भाैरा घर भएका वर्ष १३ को चन्दन सहनी रहेका छन् । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मले वीरगन्ज महानगरपालिका वडा नम्वर १६ बाट लागु औषध सहित सहनीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
सशस्त्र प्रहरी प्रस्तावित गुल्म विरगंजबाट खटिएको टोलिले जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं-१६ स्थित भारतको रक्सौलबाट टाँगा चढेर आउँदै गरेको वीरगञ्ज तर्फ सशस्त्र प्रहरीका जवानलाई शंका लागि चेकजाँच गर्ने क्रममा फेला परेको लागू औषध CODEINE PHOSPHATE & TRIPROLIDINE HYDROCHIORIDE SYRUP) ONEREX COUGH SYRUP (100ml) को ५० वटा सानो बोतल आलुको झोला भित्रमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी १३ नम्वर गण चिनीमिलका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देबेन्द्र सिंहले जानकारीका छन् ।
प्रतिबन्धित लागू औषध र सहनीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञज महानगरपालिका १६ स्थित रहेको प्रहरी चौकी ईनर्वामा बुझाईएको सशस्त्र प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles