पर्साका बिरगंज महानगर पालिका वडा नं. १६ ईनर्वा गाउँको पुर्बमा रहेको भुटन देवीमाई मन्दिर” मन्दिरको छेउबाट तस्करी भईरहेकोमा सशस्त्र प्रहरी पर्साले विषेश सुचना पाएपछि, गएर चेकजाच गर्ने क्रममा सशस्त्र प्रहरीले करीब १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल,पर्साका सिमासुरक्षा गुल्म बिरगंजको (डीएसपी)लोकेन्द्र सुब्बाले बताउनुभएका छन् ।
बा.प्र.०१–०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडीमा बीरगंज महानगरपालिका–१६ भुटनदेवी मन्दिर नजिकबाट लोड गरी जितपुर–सिमरातर्फ २० बोरा लत्ताकपडा लैजान लागेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले भन्सारछलीयेको कपडा र गाडी नियन्त्रणमा लिएका छन् । गाडी चालक गाडी छाडेर फरार भएको सशस्त्र प्रहरीले बताउँछन् । बरामद गरिएको गाडीमा कपडा, सर्टिङ, सुटिङको, तथा साडी र पिकअपको मुल्यांकन २५ लाख रहेको र आवश्यक कारबाहीका लागि पर्साका बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।