नेपाल प्रहरीका ५२ जना वरिष्ठ हवल्दारहरुको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार प्राविधिक प्रहरी समूह सञ्चारतर्फका उनीहरुलाई सरुवा गरेको बताइएको छ ।
आवश्यकता अनुसार सरुवा गर्नु पर्ने भएकाले वैशाख महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरीले बताइएका छन् ।