मोबाइल लुटमा संलग्न आरोपमा प्रहरीले तीन जना मानिसलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका १८ वर्षीय शिखरजङ्ग थापा, धनुषाको सिर्सिया गाउँपालिका घर भएका १८ वर्षीय राज विष्ट यादव र रौतहटको गरुडा घर भएका सुरेश ठाकुर हजाम रहेका छन् । आरोपीहरुको साथबाट प्रहरीले ३ थान चोरीको मोबाइल बरामद गरेको छ ।