पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमले आज,बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको छ । एलपी ग्यास पनि घटेर आएको बताइएको छ, प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।