Sunday, August 17, 2025

प्रहरीमा सरुवाको नयाँ विकृति एकै दिनमा दुई डीआईजीको दुई पटक सरुवा:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीले शुक्रबार गरेको डीआईजीहरुको सरुवामा बेथिति देखिएको छ । हिजो शुक्रबार दिउँसो एसएसपीबाट बढुवा भएका ११ जना (डीआईजी)हरुलाई गृह मन्त्रालयले पदस्थापन गरेको थियो । पदस्थापनमा डीआईजी ओमबहादुर रानालाई अख्तियार दुरुपयोग अनुसन्धानमा खटाइएको थियो ।

अख्तियारमा कार्यरत डीआईजी हिमालय श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो । भिजिट भिसा प्रकरणको अनुसन्धान गरिरहेका डीआईजी श्रेष्ठलाई गृहमन्त्री रमेश लेखकको दबाबमा सरुवा गरिएको समाचार पनि समाजिक संजालमा भाइरल भएको थियो ।

साँझ गृहमन्त्रीकै निर्देशनमा श्रेष्ठलाई अख्तियारमै थमौती गरी रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरियो । रानाको पदस्थापन ३ घन्टामै संशोधन गर्न गृहमन्त्रालय बाध्य भएको थियो ।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग सहमति लिएरै गृहले रानालाई अख्तियारमा पदस्थापन गरेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles