Saturday, June 28, 2025

मकवानपुर प्रहरीद्वारा इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक पक्राउ:-

ताजा / भरखरै प्राप्त

मकवानपुर । इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एकजना युवा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका–१ घर भएका राजु स्याङतान छन् । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ३१ जेठमा साँझ ७ बजेतिर पक्राउ गरेको हो ।उनी सुत्ने ओच्छ्यानको सिरानीमुनि कपडाले बेरेर राखेको अवस्थामा ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको पेस्ताल प्रहरीले बरामद गरेको छ । यो पेस्तोलको म्यागजिन एक थान र १३ राउण्ड गोली पनि बरामद गरिएको मकवानपुरका प्रहरीले बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles