
सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरीको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं-१ छप्कैयाबाट भारतबाट अवैध रुपमा भन्सार छलि दुईवटा मोटरसाइकलमा लोड गरी बीरगंजतर्फ ल्याउँदै गरेको रु.१०,१८,०००,मुल्य बराबरको RIVITROL-CM multivitamin Tablet-१०१८ डिब्बा औषधि नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ । साथै उक्त अबैध पैठारी कार्यमा प्रयोग भएका दुईवटा मोटरसाइकल समेत सशस्त्र प्रहरीले आवश्यक कारवाहिका लागि बीरगंज भन्सार कार्यालयमा
बुझाईएको छ ।
सशस्त्र प्रहरी पर्साका सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।