Saturday, June 28, 2025

राैतहटको रामपुरखाप र बंकुल नाकाबाट तस्करीसुरु :-

ताजा / भरखरै प्राप्त

राैतहटो रामपुर खापर र बंकुल नाकाबाट तस्करी धन्दा शुरू भएको छ । स्थानीय बिओपी र प्रहरी चाैकीको संरक्षण र सेटिङमा तस्करी धन्दा सुचारू भएको स्थानीय औधेस यादवले जानकारी दिएका छन् । केही दिन अलि कडा गरिएको कारण तस्करी धन्दा राेकिएकाे भए पनि अहिले भने तस्करी धन्दा सुचारू भएको छ । तस्करी धन्दाकाे लाइन मिलाउने काम सशस्त्र प्रहरी बलले नै गरेको स्थानीय व्यवसायी बृजकिसोर साहले बताउँछन् । अहिले यो नाकाबाट तस्करी धन्दाकाे लाइन पाउनेहरू काजु , रजनिगन्धा , कपडा,मुख्य रहेका छन् । तस्करी धन्दा गर्नका लागि बिहान १२ बजे देखि ५ बजे सम्मको समय ताेकिएकाे छ ।
यस नाका को भारतीय क्षेत्रमा घाेडासान भन्ने ठाउँ बजार पर्दछ । तस्करहरूले तस्करीको सामान घाेडासान नाकाबाट हुदैँ रामपुर खापर र बंकुल तथा कोपवा पिपरीयामा लिएर आउने गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles