



कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना यात्रु घाईते भएका छन् । कपिलवस्तुको बेलनदी नजिकै काठमाडौँ देखि दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन । घाइतेहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा गम्भीर घाइते ३ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रमुख पंकज चुदालीले जानकारी दिएका छन् ।