

प्रेममा धोका दिएर विवाहः त्यसपछि पनि सम्बन्ध कायम राख्न ब्ल्याकमेल गरे पछि किशोरीले प्रेमी विमलेशको हत्या गरेको युवतीले बताएकी छिन् ।
पुरानो प्रेम सम्बन्धमा धोका, ब्ल्याकमेल र मानसिक तनाव दिन थालेपछि जनकपुरमा एक किशोरीले आफ्नै प्रेमीको छुरा प्रहार गरी हत्या गरेको खुलासा भएको छ ।
जनकपुरस्थित एक होटलमा महोत्तरी पर्सा गाउँपालिका–१ निवासी ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा पक्राउ परेकी महोत्तरी जिल्ला बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीया जुली झालाई धनुषाका प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार यादव र झाबीच पहिले देखि प्रेम सम्बन्ध रहेको थियो, त्यस पछि विमलेशले झालाई धोका दिँदै अर्कैसँग केटी संगविवाह गरे , तर, विवाहपछि पनि उनले झासँग सम्बन्ध कायमै राख्न दबाब दिन थालेका थिए ,प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, विमलेशले पुराना म्यासेज, फोटो र भिडियोहरू देखाउँदै सम्बन्धमा नरहे ती सामग्री सार्वजनिक गर्ने धम्की दिने गरेका थिए । यसै तनावका कारण झाले विमलेशमाथि आक्रोश व्यक्त गर्दै हत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीले आशंका रहेको छ । धनुषा प्रहरीका अनुसार, दुवैबीच पुरानो सम्बन्ध थियो, तर युवक विवाहित भएर पनि अझै त्यो सम्बन्ध कायम राख्न चाहन्थे । जब ब्ल्याकमेल र धम्कीको स्थिति आयो, त्यसपछि तनावले हिंसात्मक रूप लिएको देखिन्छ । प्रहरीले झामाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको र साथै, डिजिटल प्रमाण (फोन, म्यासेज, भिडियो) र घटनास्थलका अन्य प्रमाणहरूका आधारमा अनुसन्धान अघि बढाइएको धनुषाका प्रहरीले जनाएको छ ।