



निजी कारबाट १३३ किलो गाँजा राैतहटका प्रहरीले गाडीबाट बरामद,गरेको राैतहट प्रहरीले जनाएको छ । ,झाडीमा गाडी छाडेर चालक फरार भएका छन् ।
रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन कार्कीले जानकारी दिनु भएको छ ।