

तराईका प्रमुख कृषि जिल्ला पर्सा, बारा र रौतहट यस वर्ष गम्भीर खडेरीको चपेटामा परेका छन्।
समयमा वर्षा नहुनु र सिँचाइको पर्याप्त सुविधा नहुनुले हजारौँ कृषकहरू चिन्तितमा छन् ।
कतै खेत बाँझै छन्”, त कतै रोपि सकेको बाली पनि खडेरीले सुकाउँदैछ ।
तर यस्तो संकटपूर्ण बेला पनि सरकारले ‘धान दिवस’ मनाउने परम्परालाई निरन्तरता दिँदै बजेट सकाउने औपचारिकतामा सीमित भएको किसानहरूको गुनासो रहेको छ ।
खेत सुक्दा किसानको आँसु
स्थानीय कृषक महमद आलम भन्छन् , “सावन ५ गते भइसक्यो, तर खेतमा पानी छैन । नहर त छ, तर नहर सुक्खा छ , डिप बोरिङ चलाउन बिजुली छैन ।
अनि गाउँका चापाकल पनि सुक्ने डरले चलाउन दिँदैनन्।”
७५ प्रतिशत धान रोपाइँ प्रभावित
जिल्ला कृषि कार्यालयका अनुसार, यो वर्ष खडेरीका कारण झन्डै ७५ प्रतिशत धान रोपाइँ प्रभावित भएको छ । केही किसानले पम्पसेट वा बोरिङमार्फत पानी दिइरहेका छन्” भने ठूलो सङ्ख्यामा किसानहरुको बिउ खेत मै, सुक्न थालेका छन्।
स्थानीय सरकारको गम्भीर बेवास्ता
किसानहरू गुनासो रहेको छ , “हामी हरेक वर्ष खडेरी भोग्छौं, तर स्थानीय तहका नेताहरूले दीर्घकालीन समाधान खोज्दैन । योजना भनेका कागजमै सीमित हुन्छन्।”
जलस्रोत छन्”,तर व्यवस्थापन छैन।
खडेरी प्रभावित क्षेत्रमा वैकल्पिक सिँचाइको व्यवस्था होस् ।