




नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “एक दिन, एक युनिट एक विषेश कार्यक्रम” नामक अभियान सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा तथा मातहत प्रहरी इकाइहरूको सक्रियतामा सञ्चालन गरिएको एक कार्यक्रम अन्तर्गत चितवन जिल्लाका विभिन्न स्थानहरूमा विविध सामाजिक र सुरक्षासम्बन्धी जनचेतनामूलक गतिविधिहरू संचालन भएको हो
कार्यक्रममा आत्महत्या न्यूनीकरण, लागू औषध ओसारपसार तथा दुव्र्यसन नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, डेङ्गु रोग रोकथाम, वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, चोरी–डकैती न्यूनीकरण र बैङ्किङ कसुरसम्बन्धी सचेतना फैलाउने विभिन्न सूचना तथा संवाद कार्यक्रम प्रहरीले गरेको थियो । स्थानिय समुदाय, विद्यालय, युवा समूह र अन्य सरोकारवालाहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।
प्रहरीको यस प्रयासले समुदायसँगको सहकार्य बलियो बनाउँदै स्थानीय तहमा सुरक्षित, स्वस्थ र सचेत समाज निर्माणतर्फ सहयोग पुग्ने विश्वास पनि प्रहरीले गरेको छ ।