Saturday, August 16, 2025

हराएका भनिएका हायू परिवार पोखरामा सकुशल फेला:-

ताजा / भरखरै प्राप्त

सिन्धुलीबाट सम्पर्कविहीन भएका १६ जना सदस्य कास्कीको गगनगौंडामा प्रहरीलाई भेटिएका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पाका उर्मिला हायूको परिवारका १६ जना सदस्य पोखरामा सकुशल अवस्थामा प्रहरीद्वारा फेला परेका छन् ।

उनीहरूलाई कास्कीको गगनगौंडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा डेरा लिइरहेका अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।

एसपी ओलियाका अनुसार, २० हजार रुपैयाँमा गाडी भाडामा लिएर उनीहरू शनिबार पोखरा आएका थिए र लेकसाइडको होटल जननीमा बसेका थिए। आइतबार बिहान होटल छाडेर गएका उनीहरू सोमबार सम्पर्कविहीन भएको खबर सार्वजनिक भएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे हो । त्यसपछि सीसीटीभी फुटेजको आधारमा खोजी गर्दै जाँदा उनीहरू गगनगौंडामा भेटिएका छन् ।

हायू परिवारका सदस्यले पोखरामा ज्यामी काम गर्न आएको प्रहरीलाई बताएका छन् । उनीहरू हाल दुईवटा घरमा छुट्टाछुट्टै डेरा लिएर बसेका थिए । थप सोधपुछका लागि परिवारका सबै सदस्यलाई डाँडाको नाक प्रहरी चौकीमा लगिएको छ, र पछि उनीहरूलाई परिवारको जिम्मा लगाइने बताइएको छ ।

यो खवर समाजिक संजालबाट”सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles