Thursday, August 14, 2025

तस्करीको सामान सशस्त्र प्रहरी बाराद्वारा ८ लाखको बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बलकाे पिपरपाती स्थित प्रस्तावित गुल्मले झण्डै ८ लाख बराबरको भन्सार छलि गरेर तस्करी गरि ल्याएको सामान बरामद गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ ।

उक्त तस्करीकाे सामान भारतीय चर्चित तस्कर अरबिन्द साहकाे रहेको पिपरपाती गुल्मले जानकारी दिएको छ । बरामद भएको तस्करीका सामानमा कपडा र कम्प्युटरको सामानहरू रहेका छन् ।बाराको पथलवाघाट र खजानी क्षेत्रबाट अहिले व्यापक तस्करी धन्दा चलेको बाराका स्थानीयले बताउँछन् ।

बाराको पथलवाघाट र खजानीबाट अहिले मुख्य रूपमा तस्करीको लाइन पाउनेमा भारत अगर्वा घर भएका अरबिन्द साह रहेका छन् । उनले नेपालको बारा सिम्रौनगढको नरवासमा पसल समेत संचालन गरेका छन् । त्यही पसलको नाममा उनले ठूलो तस्करी धन्दा चलाउंदै आएका छन् । उनले पाँच जना कामदार राखेर मोटरसाइकल मार्फत कपडा , कस्मेटिक , खुसा , चिनी देखि किरानाका सामानहरूको तस्करी गराउंदै आएका छन् । अरबिन्द ले कामदारको रूपमा तस्करीमा प्रयोग गरेकाहरूमा राहुल गुप्ता , सन्तोष साह , अजय यादव , भोला पण्डित र सन्तोष कुशवाह प्रमुख पाटनर रहेका छन् । तस्करी गरेर ल्याएको कस्मेटिक सामान आफ्नो पसल र गोदाममा राख्ने गरेका छन्” भने सुखा र कपडा कोल्वी , वरियारपुर र गंजभवानीपुर सम्म पुर्याएर पसल पसलमा बिक्री गर्ने गरेका छन् । अरबिन्दको यो तस्करी समूहमा भोला , राजु , सन्दिप , उपेन्द्र समेत रहेका छन् । यी कारोबारीहरू तस्करीको लाइन पाउने अरबिन्द साहका साझेदार रहका छन् ।
उनले यसरी निरन्तर रूपमा तस्करी गराउंदै आएको एक बर्ष भन्दा बढी भैसकेको छ । कारोवारी अरबिन्दले पथलवाघाट स्थित प्रहरी चौकीका असई र जिल्ला प्रहरी कार्यालय बाराबाट परिचालित भएका घुमुवा हरुलाई सेटिङ मिलाएर ठूलो मात्रामा तस्करी गराई रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles