बर्दिबास नगरपालिका वडा नम्बर १०, वनपथ क्षेत्रमा आज शनिबार दिउँसो ट्रकको ठक्करबाट स्कुटर दुर्घटना हुँदा सर्लाही जिल्लाको लालबन्दी वडा नम्बर ९ निवासी ३८ वर्षीय नरकुमार आचार्यको मृत्यु भएको बताइएको छ ।
उनकी श्रीमती धनकुमारी घिमिरे गम्भीर घाइते भएकी छन् ।
दुवैजना घरायसी कामका लागि स्कुटरमा बर्दिबास जाँदै गर्दा ट्रकले ठक्कर दिएको महोत्तरी जिल्लाका प्रहरीले जानकारी दिएका छन् ।