महोत्तरीको पर्सा देवार नाकाको तस्करी कहिले रोकिने हो कुन्नि ,
तराईका नाकाहरूमा तस्करी कहिले रोकिदैन । यो वास्तविकता हो । कहिले ठूलो मात्रामा तस्करी चल्ला त कहिले सानो मात्रामा । त्यसमाथि राजनीतिक उतारचढाव र खिचातानीको समयमा त सीमावर्ती नाकाबाट झन् बढी मात्रामा तस्करी चल्छ नै । नेपाल प्रहरीका मधेस प्रदेशका डिआइजी उमाप्रसाद चतुर्वेदीले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणका लागि धेरै प्रयास गरिरहेका छन् । लागिपरेका छन् । मातहतलाई निर्देशन दिइरहेका छन् । तरपनि सीमावर्ती तस्करी रोकिएको छैन । यसको पछाडि एउटै कारण छ , सीमाका खटिएका प्रहरी तस्करसंग मिलेका छन् । अहिले महोत्तरीको पर्सा देवार नाकाबाट व्यापक तस्करी भैरहेको छ । यो नाकाबाट नेपाल तर्फबाट मदिरा , स्याउ , कस्मेटिक लगायतका सामान भारत तर्फ तस्करी भैरहेको छ भने भारतबाट कपडा , चिनी , किरानाका आइटम , सुर्तीजन्य सामान , हार्डवेयर जस्ता वस्तुको तस्करी नेपाल तर्फ व्यापक भैरहेको छ । सम्सी नाकाबाट अहिले तस्करीमा कडाइ भएपछि तस्करहरू पर्सा देवार नाकाबाट तस्करी गरिरहेका छन् । यहाँ नेपाल प्रहरीको तर्फबाट चौकी रहेको छ। तर उक्त चौकीले तस्करी नियन्त्रण लागि कुनै चासो दिएको छैन । बरू उल्टो तस्करी गराउन सहयोग गरिरहेको छ । यहाँको प्रहरी चौकी प्रमुखमा असई संजय पासवान रहेका छन् । उनको दरबन्दी सप्तरी जिल्ला भए पनि दरबन्दीमा नपठाएर जिल्ला प्रहरी कार्यालयले उल्टो मालदार र तस्करी हुने नाका स्थित चौकीको प्रमुखको जिम्मेवारीमा पठाएको छ । उनलाई तुरुन्तै दरबन्दीमा पठाउने र तस्करी नियन्त्रण होस भन्ने हाम्रो चाहना हो ।
राजकमल , राजेश , श्याम , प्रमोद
गौशला मटियानीमा रहेका छन् ।