Friday, August 15, 2025

धनुषाको जनकपुरधाममा, प्रहरीद्वारा रक्तदान कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको उपलक्ष्यमा धनुषा जिल्लाको जनकपुरधाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको नवनिर्मित भवनको परिसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा चतुर्बेदीज्यूले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशकी अध्यक्ष श्रीमती पुनम चतुर्बेदीज्यूको अध्यक्षता रहेको थियो, भने प्रमुख अतिथिको रुपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्बेदीज्यूको ध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

रक्तदान कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख कार्यालय, विशेष सुरक्षा गण ढल्केवर, प्रहरी गण जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय धनुषा तथा महोत्तरी, र प्रदेश सभाका सुरक्षा कार्यालय जनकपुरधाममा कार्यरत महिला तथा पुरुष प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा ईश्वर थापा, सिनियर जुनियर अधिकृत, प्रहरी हवल्दार जवनहरू तथा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू लगायतको सक्रिय सहभागिता रहेको थियो।नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय जनकपुरधाम, धनुषाको मेडिकल टोलीको सहयोगमा उक्त कार्यक्रममा ५० जनाले रक्तदान पनि गरेका थिए, जसमा ४९ जना प्रहरी कर्मचारी तथा १ जना सर्वसाधारण सहभागी रहेको थियो । कार्यक्रमले प्रहरी संगठन भित्र सामाजिक उत्तरदायित्व र मानव सेवाप्रतिको प्रतिबद्धता अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles