Thursday, August 14, 2025

सशस्त्र प्रहरी धनुषाद्वारा हवाई फायर गर्दै तस्करीका समान बरामद:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाको दुहबी नाकामा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको हो, सशस्त्र प्रहरी धनुषाले ४ राउन्ड हवाई फायर गरेर बरामद गर्यो,तस्करीका सामान ।

भारतबाट अवैध रूपमा ल्याइएको तस्करीको सामान नियन्त्रणमा लिने क्रममा धनुषाको वैदेही नगरपालिका–२ दुहवीमा झडप भएको हो, भारतबाट ल्याइएका तस्करीका सामग्री नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी)को कमाण्डमा खटिएको टोलीले प्रयास गर्दा स्थानीयवासी र तस्कर समूह आक्रोशित बनेर ढुंगामुढा गरेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीले प्रहरीले एसएलआरबाट चार राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।झडपपछि केही स्थानीयहरुले तस्करीका सामग्री लुकाएको भए पनि प्रहरीले एउटा मोटरसाइकलसहित केही सामान बरामद गर्न सफल भएको सशस्त्र प्रहरी धनुषाले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles