Monday, February 2, 2026

बिरगंज दशैं मेलामा ग्याङ फाइट एक जना युवकोज्यान गयो:-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगंज युवाहरुबीच कुटाकुट हुदाँ ई-रिक्सा चालको मृत्यु, ३ जना पक्राउ ।

पर्सा प्रहरीका अनुसार मंगलबार राति मेलामा पसल राख्ने विषयलाई लिएर सुरु भएको विवाद हिंसात्मक रुप लिँदा २० वर्षीय ‘गोल्डेन’ नामले परिचित युवकको मृत्यु भएको हो ।
गीता मन्दिर नजिक मेलाको उद्घाटन दिनमै दुई समूहबीच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । राति त्यही विवाद बढ्दै गएपछि गोल्डेनमाथि भाटो प्रहार गरिएको थियो।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्याइएको थियो तर उपचारकै क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ।घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तर अनुसन्धान जारी रहेकाले उनीहरूको नाम विवरण खुलाइएको छैन ।
मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ। प्रहरीले घटनाबारे सूक्ष्म अनुसन्धान अघि बढाएको र दोषीलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles