Sunday, May 31, 2026

निर्वाचन सुरक्षा उत्कृष्ट कमान्ड गरेकोमा पर्साका एसपी पाठक पुरस्कृत:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप्राज पाठक पुरस्कृत भएका छन् ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उत्कृष्ट काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्साका प्रहरी उपरीक्षक एसपी पाठकलाई पुरस्कृत गरेको छन् ।

पर्सा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन भयरहित तथा शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउँदै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पाठकलाई पुरस्कृत गरिएको जनाइएको छ ।

नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले एआइजिपीदेखि प्रहरी जवानसम्मका कुल ६९ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles