सुनसरी प्रहरीले ६२ केजी लागु औषध गाँजा बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन मेजर टोल क्षेत्रमा बेवारिसे अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार १० गते साँझ करिब ०७, बजे प्रहरी चौकी मधुवनबाट खटिएका प्रहरी गस्तीको टोलीले भित्री सडक खण्डमा शंकास्पद रूपमा राखिएको दुई वटा हरियो प्लास्टिकले बेरिएको पोका फेला पारेको हो ।

पोका खोली जाँच गर्दा लागूऔषध गाँजा रहेको र तौल गर्दा जम्मा ६२ किलोग्राम गाँजा रहेको पुष्टि भएको सुनसरी प्रहरीले जनाएको छ ।बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान थालिएको र साथै उक्त गाँजा कसले ल्याएर छाडेको हो भन्ने विषयमा संलग्न व्यक्तिहरूलाई खोजी कार्य तीव्र रूपमा भइरहेको सुनसरी प्रहरीको भनाईं रहेको छ ।


