Saturday, August 8, 2026

सुनसरी प्रहरीद्वारा चार सय १८ केजी गाँजासहित कार नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

सुनसरी प्रहरीले ठुलो मात्रामा ४१८ किलो लागु औषध गाँजा बरामद तथा गाँजासहित कार र मोटरसाइकलसहित चार जना ब्याक्ती पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको बराहक्षेत्र क्षेत्रमा ठूलो परिमाणमा लागूऔषध गाँजाको कारोबार भइरहेको सूचना पाए पछि प्रहरीले चलाएको विशेष निगरानीका क्रममा ४१८ किलो गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय सुनसरीअन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको गस्ती टोलीले बराहक्षेत्र नगरपालिका–१, गुप्तबराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा बुधबार शंकास्पद अवस्थामा रहेका दुई सवारीसाधन चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा रोकेर जाँच गरिएको थियो। कारभित्र २२ वटा प्लास्टिकका पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीको भनाइ रहेको छ।
प्लास्टिकसहित तौल गर्दा गाँजाको कुल तौल ४२०.०१ किलो पुगेको र प्लास्टिक हटाएर तौल गर्दा ४१८ किलो गाँजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको परिमाणले उक्त घटनालाई सामान्य व्यक्तिगत प्रयोजनभन्दा ठूलो परिमाणको ओसारपसारसँग जोडेर अनुसन्धान गर्नुपर्ने अवस्था रहेको देखिएको छ ।


पक्राउ पर्नेमा कार चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३४ वर्षीय विकास भन्ने थमन राई र कारमा सवार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ बस्ने २२ वर्षीया जिवनी राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ बस्ने २६ वर्षीय अमर कामत तथा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३८ वर्षीय शंकर चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
चारै जनालाई बरामद गाँजा तथा सवारीसाधनसहित आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको सुनसरी प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles