महांकाल मन्दिरमा ट्यांकर ठोक्कियो। काठमाडौंको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् ।त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो ।दुर्घटनामा ट्यांकर चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् ।चालक सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको उपचार जारी छ ।१२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको छ ।