Sunday, June 29, 2025

नेपालतिर सर्‍यो पानी पार्ने प्रणाली, तीन दिन मनसुन सक्रिय हुने

ताजा / भरखरै प्राप्त

न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) सरेकाले आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेशमा पनि आगामी तीन दिन पानी पर्ने प्रक्षेपण छ ।मौसमविद सन्जिब अधिकारीले अनलाइनखबरसँग भने, ‘नेपालको पूर्व र पश्चिम दुवै साइडमा न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने र मनसुन थप सक्रिय हुने देखिन्छ ।’ तीन दिन लगातार झरी नहुने तर वषर्ाको क्रम बढ्ने उनले बताए ।आगामी तीन दिन देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वषर्ा हुने प्रक्षेपण मौसमविदको छ ।
मधेशमा पर्याप्त पानी नपर्दा समस्यामा परेका किसानहरुलाई यो वर्षाले केही राहत मिल्ने सम्भावना छ । ‘मधेशमा पनि आगामी तीन दिन वर्षा हुने र केही समयदेखिको खडेरी अलि तोडिनेजस्तो देखिन्छ,’ मौसमविद अधिकारीले भने ।
गएराति पनि मधेश प्रदेशका एक-दुई स्थानमा वर्षा भएको थियो । यो क्रम आज र भोलि अझै बढ्ने सम्भावना रहेको उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वषर्ाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने र त्यसबाट बाढी, पहिरो, डुबाको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ‘नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

Previous article
भारतमा कार दुर्घटना हुँदा नेपालगञ्जका ६ जनाको मृत्युबाँके । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी बाँकेको नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ ।भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता तथा नेपालगञ्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको सन्तोष गुप्ताले जानकारी दिए ।दुर्घटनाको खबरले नेपालगञ्जको त्रिभुवनचोक क्षेत्र शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दा मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । गुप्ताको घरमा आफन्तजन र स्थानीयवासीको भीड लागेको स्थानीय दीपानन्द गुप्ताले बताए ।स्थानीय ब्राइटल्यान्ड कलेजमा बिबीएस तेस्रो सेमेस्टरमा अध्ययनरत सुनितीको निधनको खबरले कलेजका विद्यार्थी शोकमग्न भएको सहपाठी आकृति रानाले बताइन् ।मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।रासस।
Next article
सुन प्रकरण : विभागले अनुसन्धानको फाइल प्रहरीलाई बुझायो, अब थप अनुसन्धान सिआईबीले अघि बढाउने सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले संकलन गरेका सम्पूर्ण प्रमाण र तथ्यका फाइलहरु नेपाल प्रहरीलाई बुझाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणको विषयमा सम्पूर्ण प्रमाण र तथ्यहरु प्रहरीलाई बुझाएको बताएका हुन् ।आइतबार पत्रकार सम्मेलन गरेर नेपाल प्रहरीलाई बुझाएको फायलको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अघि बढाउने बताइएको छ । पत्रकार सम्मेलनमा महानिर्देशक ढुंगानाले भने, ‘हालसम्म खुलेका प्रमाणले संगठितरुपमा गरिएको अन्तरदेशीय अपराध देखिन्छ । त्यही भएर बाँकी अनुसन्धान दक्ष र संगठित जनशक्तिमार्फत गर्नुपर्ने भएर प्रहरीलाई जिम्मा दिइएको हो ।’साउन ३ गतेदेखि विभागले यस प्रकरणबारे अनुसन्धान अघि बढाउँदै आएको थियो । र, यस प्रकरणमा हालसम्म १८ जनालाई विभागले हिरासतमा राखेको छ भने एकजनालाई आवश्यक परेको बेला आउने शर्तमा छाडिएको छ ।यस प्रकरणमा पक्राउ पर्नेहरुमा १४ नेपाली, १ जना चिनियाँ, १ जना भारतीय र १ जना बेल्जियम नागरिक छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles