Sunday, April 20, 2025

सामाजिक भत्ता खान उमेर बढाउदैमलंगवा १२ का बडाध्यक्ष अख्तियारकाे छानबिनमासर्लाही । देशको आर्थिक अवस्था जरजर अवस्थामा छ । सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकिरहेको छैन । जसको कारण सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता दिन नसक्ने अवस्था सिर्जना भएको छ। राजनीतिक पार्टीहरूले भाेट तान्नकै लागि हाेडबाजीमा ल्याएको सामाजिक सुरक्षा भत्ता अहिले देशको लागि घांटाे भएको छ । यस्तो अवस्थामा झन् उमेर नपुगेका व्यक्तिहरूलाई समेत भत्ता दिनको लागि उमेर पुगेको भनि नागरिकता नै सच्याउने काम जनप्रतिनिधिले गरेको भेटिएको छ । सर्लाही मलंगवा १२ का वडा अध्यक्ष रामदरेश रायले सामाजिक भत्ता लिने उमेर नपुगेका व्यक्तिहरूलाई नागरिकता हराएको भनी प्रतिलिपी बनाउन सिफारिस गर्न लगाउने र सिफारिस गर्दा बढी उमेर बनाएर सिफारिस गरेको भेटिए पछि अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले अनुसन्धान गरिरहेकाे छ।४० देखि ५५ सम्म उमेर भएका वडाका व्यक्तिहरूलाई ७० बर्ष पुगेको भनी वडाध्यक्ष रामदरेश रायले सिफारिस गरेको र यसरी सिफारिस गरेको व्यक्तिहरूकाे संख्या झण्डै ५० भन्दा माथि रहेको समेत अनुसन्धानका क्रममा बताएको छ। अख्तियारले छानबिन शुरू गरेपछि उनी अहिले निलम्बनमा परेका छन् ।वडा कार्यालयका सचिव राम प्रवेश रायलाई समेत अख्तियारले छानबिनकाे दायरामा राखेको छ। बर्दिबास स्थित अख्तियार कार्यालयले अहिले वडाध्यक्ष रामदरेशले सिफारिस गरेका नागरिककाे प्रतिलिपी सिफारिस र त्यस आधारमा दिइएका प्रतिलिपी नागरिकताकाे अनुसन्धान गरिरहेकाे जानकारी दिएको छ। उमेर धेरै बढाएर नागरिकता सिफारिस गरेवापत प्रतिव्यक्ति ६० हजार सम्म रकमको चलखेल भएको समेत खुलेको छ। वडाध्यक्ष रामदरेश रायको संलग्नता देखिएपछि निलम्बनमा परेका उनलाई अहिले जाेगाउन कांग्रेसका मधेस प्रदेशका नेताहरू लागिपरेका छन् । केही प्रदेश सभासद देखि केन्द्रीय नेताहरू नै अख्तियारलाई दवाव दिएर उनलाई कारबाहीबाट जाेगाउन लागि परेका छन् । हामीलाई प्राप्त प्रमाण मध्य एक राजेश्वर राय यादवको यहाँ उल्लेख गरिएको छ। उनको खास जन्म मिति २०२०/१२/१७ रहेको छ। उनको सक्कली नागरिकता र मतदाता परिचयपत्रमा पनि जन्म मिति यही रहेको छ। तर प्रतिलिपी नागरिकता बनाउने क्रममा वडाध्यक्षले सिफारिस गर्दा उनको जन्म मिति २००८/५/३ गते उल्लेख गरेका छन् ।साेही आधारमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले राजेश्वरलाई २००८/ ५/३ मा जन्मेको भनी २०७८/ ६/२५ गते नागरिकता दियो । यसमा प्रशासकीय अधिकृत राजकुमार थापाले हस्ताक्षर गरेका छन् । यसरी सामाजिक सुरक्षा भत्ता खानकाे लागि उमेर बढाउने र सिफारिस गर्ने प्रवृत्ति बढेको छ। अख्तियारले यस्तो गम्भीर गैरकानुनी कार्य गर्नेलाई छिटोभन्दा छिटो अनुसन्धान गरि बिशेष अदालतमा मुद्दा बुझाउनु जरुरी छ।

ताजा / भरखरै प्राप्त

Previous article
पदमा रंहदा बाघ, र जागीर पछी मुसा ?पुर्ब प्रहरी एसएसपी बसन्त कुवर !अफिसर हरु त्यही सम्मानित हुन ,जो पदमा रंहदा वा नरहंदा समान रेस्पेक्ट डिजर्भ गर्दछन् । प्रहरीमा एक अफीसर देंखे भुबन चन्द्र भट्ट , जो पदमा रंहदा वा नरहंदा समान रेस्पेक्ट डिजर्भ गर्दछन्। अफिसर हरुले सम्मान डिजर्भ गर्ने मुख्य रुपमा नीम्न तरीका रहेछन् । पहीलो – ती अतीनै सहयोगी थिए। उनी सबैको भलाइका लागी संधै सक्रिए रहन्थे । दोश्रो – ति अतिमै नैतिक थिए जस्को नैतिकता र कामले संपुर्ण फौजकै इज्जत बडेको थियो। जस्को नैतीकताका उदाहरण प्रहरी बिच भाषण वा प्रशिक्षणमा लिइने गरीन्छ । तेश्रो – ती अतिनै इन्टेलिजेन्ट थिए जस्को क्रीएसनले पुरै फौजको संरचना र ब्रीत्त बिकास तथा प्रहरी कारबाहीमा एक नया दौरको सुरुवात भएको थियो । चौंथो – तीन्ले फौजका लागी अद्वीतीए कल्याणका काम हरु गरेर गए जस्को फाइदा हज्जारौं बहाल तथा पुर्ब प्रहरी हरुले पाइ रहेका छन् । पॉचौं – ति अतिनै बहादुर थिए जस्का बहादुरीका चर्चा फौजका लागी उदाहरण बनेको छ ।तालीमकेन्द्र हरुमा तिन्का बहादुरीका कथा हरु पढ्न पढाइन्छ ।तीन्का बहादुरीले देसको क्षती रोकिएको थियो। फौजको सम्मान अकल्पनीए रुपमा बडेको थियो। माथिका ब्राण्डका अफिसर हरु २०४८ साल पछी उत्पादन हुनै छोडे।यो स्कुलीडंमा अफीसर हरुको ग्रुमीडंनै हुन छोड्यो ।यस्ता अफीसर हरु न राज्य संचालक हरुले खोजे न हाकिमले चाहे न साथि भाइ लाइ नै मन पर्यो । एक तह पदोन्नती र राम्रो सरुवाका लागी राजनैतीक प्राणिको चाकडी गर्दै आइजीपी हरुको वा राजनैतीक दलको गुटमा बसेर केबल आफ्ना भलाइका लागी अगाडी नैतीकताको भाषण छाट्दै पछाडी चरम फटाही र भ्रष्टाचार गर्दै जागीर खाने हरु “ जागीरमा रहंदा बाघ र जागीर पछी मुसो “ हुनु को बिकल्प पनी भएन। हाम्रा प्रहरी जिबन त हाम्रा पालाका हाकिम हरुको मुड, तिन्का इच्छ्या , आकॉक्षा ,जान्न र पुरा गर्नमै बित्यो । तीन्का सेबा नै आफ्नो सपथको कर्तब्य ठानीयो ।युनिफर्म लगाउदा खाएका कसम पुरा गर्ने आफ्ना इच्छ्या ऑकाक्षा हरु त कि दबाइयो कि लुकाइयो अनी अबकास पछी मुसो हुनु को बिकल्प नै भएन। चुप चाप मुसो हुन तयार भइयो। बाघ भनौ त कोहि मान्दैनन् ? मेरो बुझाइमा प्रसस्त बाघ हरु बरु प्रहरीका तल्ला तहमा भेटिन्छन् जस्ले सपथ अनुरुप काम गर्न पाए।तिन्ले आफ्ना लागी भन्दा बडी राज्यका लागी काम गरेर गए।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles