विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
कर अधिकृत सापकोटाका साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएको उनले बताए ।
उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानमार्फत नेपालगन्जदेखि काठमाडौं जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
कर्मचारी पक्राउ
