Sunday, June 29, 2025

प्रधानमन्त्री पुष्पकमकल दाहाल प्रचण्ड चीन भ्रमण सकेर आज नेपाल फर्किएका छन् । उनी केहिबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन भ्रमणमा गएका थिए । प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् ।

ताजा / भरखरै प्राप्त

६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भने प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेश फर्किएका हुन् ।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधान मन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, पर्यटनमन्त्री सुदन किरातीलगायतले स्वागत गरेका छन् । छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री

Previous article
नागरीक समाजसंग अन्तरक्रिया कार्यक्रम सम्पन्नबिराटनगर, । अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगंज काठमाण्डौका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दिप भण्डारीले नागरीक समाजसंग अन्तरक्रिया गर्नु भएको छ । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०७९” को निरीक्षणको क्रममा बिराटनगर पाल्नु भएका एआईजी भण्डारीले कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा आज नागरीक समाजका ब्यक्तित्वहरुसंग अन्तरक्रिया गर्नु हुँदै सहभागीहरुबाट भएका बिबिध जिज्ञासा तथा गुनासोहरुलाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा अन्य सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles