Monday, June 1, 2026

कास्की प्रहरीको आक्रामक अभियान:२२ मोटरसाइकल कारबाहीमा:-

ताजा / भरखरै प्राप्त

कास्की – स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलविरुद्ध कास्की प्रहरीले आक्रामक अभियान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र कास्की ट्राफिक प्रहरीले संयुक्त रुपमा कारबाही अभियान चलाएका छन्।स्वरुप परिवर्तन गरेर ध्वनि प्रदूषण गरेको आरोपमा कास्की प्रहरीले २२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र कास्की ट्राफिकले संयुक्त रुपमा २२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइ कारबाही गरेका हुन्। आइतबार नियन्त्रणमा लिएको मोटरसाइल सार्वजनिक गर्दै यसबारे प्रहरीले जानकारी गराएको थियो।
स्वरुप परिवर्तन गरेर चर्को हर्न निकाल्दै कुदाएको पाइएपछि ती मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए।
हर्नको विषयमा स्थानीयबाट व्यापक जनगुनासो आएपछि अभियानकै रुपमा कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए। नियन्त्रणका लिइएको मोटरसाइकलको परिवर्तन गरिएको स्वरुप हटाइ अभिभावकको रोहबरमा जिम्मा लगाइएको छ। यस अभियानलाई निरन्तरता दिने प्रहरीले जनाएको छ।

Previous article
बिरगंज असोज २२ गते- । तीन दिनदेखि संसारको ध्यान इजरायल र हमासको युद्धमा छ।धेरै टाढाको भूमिमा भइरहेको युद्धबारे नेपालमा पनि चासो र चिन्ता छ। गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।गाजा नजिकै प्रशिक्षणमा रहेका १७ नेपालीमध्ये एक जना बेपत्ता छन् भने चार जना घाइतेको उपचार भइरहेको छ।अरू दुई जना भने सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट एक महिनाअघि ११ महिनाका लागि इजरायल पुगेका विद्यार्थीको मृत्यु भएपछि सुनसरीदेखि दार्चुलासम्म शोक परेको छ।हमासको आक्रमणमा परी मारिएकाहरूका आफन्तलाई मृत्युको खबर पत्याउन मुस्किल परिरहेको छ।हमासको आक्रमणले एकातिर भर्खरै इजरायली भूमि टेकेका युवाहरूको सपना बिलाएको छ भने अर्कातिर उनीहरूका परिवारको आशा निभेको छ।
Next article
इजरायलमा रहेका २०० बढीले घर फर्किन टिपाए नाम:-इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएका छन् ।हमास समूहले शनिबार गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ ।अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् । उनीहरुमध्ये ३२ जनालाई त्यहाँको सेनाले बंकरबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।तेल अबिबस्थित नेपाली दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण संकलन गर्न अनलाइन रजिस्ट्रेसन समेत सुरु गरेको छ ।अहिलेसम्म २०० भन्दा बढीको विवरण संकलन भइसकेको भन्दै दूताबासले भनेको छ, ‘इजरायलमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ ।’
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles