Friday, April 24, 2026

इन्स्पेक्टर आचार्यलाई ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ पुरस्कार

ताजा / भरखरै प्राप्त

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्य पुरस्कृत भएका छन् ।प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशले ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ पुरस्कारबाट प्रहरी निरीक्षक आचार्यलाई पुरस्कृत गरेको हो ।
६८ औँ प्रहरी दिवस–२०८० को अवसरमा प्रहरी निरीक्षक आचार्यलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्राफिक प्रहरी प्रमुख आचार्यलाई नगद र सम्मानपत्र सहित पुरस्कृत गरे ।सवारी दुर्घटना न्यूनीकरण तथा समग्र ट्राफिक व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोले प्रहरी निरीक्षक आचार्यलाई पुरस्कृत गरिएको बताइएको छ ।

Previous article
Next article
नेता, कार्यकर्तालाई ओलीको निर्देशन – पार्टीमा अराजक गतिविधि बढ्यो, अनुशासित हुनूनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिएका छन् ।पार्टी निकट नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने जस्ता उश्रृङ्खल, अराजक गतिविधि भईरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताले अनुशासन पालना गरेर अघि बढ्नुपर्ने बताए ।पार्टी भित्र आफूलाई केही देखाउनका लागि अनुशासनहिनताको सहारा लिने, उश्रृङ्खलताको सहारा लिने प्रवृत्ति बढिराखेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरेर अघि बढने बताए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles