Monday, June 30, 2025

दसैँमा गाउँ फर्किने यात्रुलाई ‘नक्कली टिकट’ काटेर दुःख दिने पाँचजना पक्राउ

ताजा / भरखरै प्राप्त

यात्रुलाई सवारी साधनको ‘नक्कली टिकट’ काटेर दुःख, हैरानी दिइ ठगी गर्ने कार्यमा संलग्न पाँचजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी परीसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा मकवानपुर घर भएका २५ वर्षीय सन्देश श्रेष्ठ, २८ वर्षीय रोहित लामा, महोत्तरी घर भएका २६ वर्षीय अनिल बुढाथोकी, काठमाडौँको कोटेश्वर बस्दै आएका कमल सार्की र राजकुमार डंगोल रहेका छन् ।

सर्वसाधारण नागरिकका अति आवश्यक दैनिक जीवन यापनका क्रियाकलापमा विभिन्न व्यक्ति, समूह, बिचौलियाहरुले चाड पर्वको अत्यन्त व्यस्त, भिडभाडपूर्ण समयमा विभिन्न समस्या तथा बाध्यताको फाइदा उठाएर पाकेटमारी, चोरी, लुटपाट, सवारी साधनमा बढी भाडा असुली गर्ने, नक्कली टिकट बेचबिखन गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परीसर काठमाडौंले जनाएको छ ।नक्कली टिकट काटेर उनीहरूले यात्रुलाई कोटेश्वर र बल्खुमा बोलाउने गरेको तर, त्यहाँ पुगेपछि गाडी छैन भनेर ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । पक्राउ परेकाहरुमाथि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।

Previous article
Next article
अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो गरेन : पूर्वराजाआम नेपाली जनताहरु राजनीतिक दल र देशको वर्तमान अवस्थाप्रति वितृष्णा पैदा भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएका छन् । उनले अहिले मूलधारमा रहेका राजनीतिक दलहरू र वर्तमान व्यवस्थाप्रति पनि असन्तुष्टि जनाउँदै आएका छन् ।पूर्व राजा ज्ञानेन्द्र पछिल्लो समय कहिले राजसंस्था पक्षधर दलका नेताहरूसँग भेट्ने त कहिले विभिन्न जिल्लाको भ्रमण गर्ने वा विज्ञप्ति निकाल्ने जस्ता कारणले चर्चामा आइरहेका छन्।पूर्वराजा ज्ञानेन्द्र शाहले आज पनि दसैँको शुभकाना दिँदै देशको दुरवस्थाप्रति चिन्ता प्रकट गरेका छन् । अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको उनको निष्कर्ष छ ।पूर्वराजाले आज जारी गरेको शुभकामना सन्देशमा भनेका छन्–‘डेढ दशकको अवधिमा जनता उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन् । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न त सुधार आयो । हाम्रो देश झन् झन् खराबीतिर गयो भन्ने आम जनगुनासो सुनिन्छ ।’जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनुपर्नेमा उनको माग छ । सन्देशमा भनिएको छ–‘देश र जनतामाथि अब कुनै प्रकारको घात हुनुहुँदैन, हाम्रो यही चाहना हो ।’
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles