जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर– ७, नागबेलीका घर भएका ३१ वर्षीय पिटरले श्रीमतीलाई सुतिरहेको अवस्थामा प्रेसर कुकर प्रहार गरेका थिए । कुकर प्रहारबाट टाउकाको दुवै भाग फुटिसकेको श्रीमति २८ वर्षीया छविमाया राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याएलगत्तै ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर– ५ श्रीपुरमा मृतक श्रीमति छविमाया र हत्यामा संलग्न श्रीमान पिटर पाहुनाको रुपमा दिदीको घरमा आएका थिए । बेलुकाको खाना खाएर सुत्न कोठाभित्र पसेका पिटरले एक्कासी साढे ८ः०० बजेतिर कुकर प्रहार गरेको आवास सुनिएको स्थानीयले बताएका छन् । मृतकसँगै सुतेकी दिदीले केही बज्रिएको जस्तो आवाज सुनेपछि झस्कीएर उठ्दा बहिनीको टाउकोमाथि ज्वाईले कुकर प्रहार गर्दै गरेको दृष्य देखेको सुनाईन् । ज्वाईको कुटाईबाट बहिनी जोगाउन खोज्दा आफूलाई समेत प्रहार भएको मृतककी दिदीले बताइन् ।
