Monday, June 30, 2025

पक्राउ परेका नौजना सार्वजनिकइनरुवा । इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।दसैँको समयमा विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको उनको भनाइ थियो।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
विवाद हुँदा भारतीयले गरे नेपालीको हत्याजनकपुरधाम । घाँटीमा लगाउने सिक्रीको विषयमा विवाद भएपछि महोत्तरीमा एक युवकको हत्या भएको छ । जिल्लाको पिपरा गाउँपालिका ५ हर्दिया बस्ने राजनारायण पासवानको छोरा अन्दाजी वर्ष १९ का वसन्त पासवानको हत्या भएको हो ।दुई जना भारतीय युवकले पासवानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए । महोत्तरीको सहोडवास्थित दसैँको दुर्गा मेलामा सिक्रीको विषयमा विवाद हुँदा भारत बिहार मधुबनि जयनगर घर भएको वर्ष १९ का दीपक मलिक र मधुबनि साहारघाट बसबरिया घर भएका वर्ष १८ का अमित मलिकले छुरा प्रहार गरी पासवानको हत्या गरेको डीएसपी गिरीले बताए ।उनको शव बिहीबार साँझ ४ बजे स्थानीय जगदीश साहको खेतमा फेला परेको डीएसपी गिरीले जानकारी दिए । उनका अनुसार मृतक पासवानलाई दुईजना मिलेर अमित मल्लिकले पछाडिबाट समातेर दीपक मलिकले पटक पटक घाँटी र छातीमा छुरा प्रहार गरी निर्मम रूपमा हत्या गरेका थिए ।प्रहरीले मृतक पासवनको हत्यामा प्रयोग भएको छुरा र सो बखत लगाएको लुगासमेत रगताम्य अवस्थामै प्रहरीले बरामद गरेको छ । पक्राउ परेका अभियुक्तहरु नेपालस्थित स्थानीय मामा सुरेश मलिकको घरमा बस्दै आएको थिए । छुरा उनीहरूकै सानीआमाकै घर पछाडिबाट बरामद गरेको प्रहरीले जनाएको छ ।हत्यामा संलग्न आरोपमा पक्राउ उनीहरू उपर थप अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles