Saturday, June 28, 2025

मोरङमा पेस्तोल र गोलीसहित ३ जना पक्राउ

ताजा / भरखरै प्राप्त

विराटनगर — मोरङको धनपालथान गाउँपालिका- २ बाट शुक्रबार राति भारतीय नम्बर प्लेटको सवारी साधनमा कटुवा पेस्तोल र गोलीसहित सवार लुटेरा समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सवारी चालक सर्लाही हरीपुर्वा– ७ का २७ वर्षीय रविन्द्रकुमार यादव, २० वर्षीय कमलेशकुमार यादव र महोत्तरी गौशाला– ६ का २२ वर्षीय रामदयाल यादवलाई पक्राउ गरिएको छ ।उनीहरूको भारतीय आपराधिक गिरोहसँग समेत सम्बन्ध देखिएको प्रहीले जानकारी दिएको छ । उनीहरू चाडबाडको मौकामा लुटपाट गर्न सीमावर्ती मोरङ क्षेत्रमा प्रवेश गरेको सुरुवाती अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चाडपर्व सुरक्षा विशेष कार्य योजना अनुसार खटिएको प्रहरीको गस्ती टोलीले राति साढे ९ बजे धनपालथानको अमाहीबरियाती बस्तीको भित्री सडक खण्ड छेउबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । रोकेर राखेको भारतको बिहार राज्यको बीआर ०६ पीए १३६२ नम्बर प्लेटको स्कारपियो जिपलाई शंका लागि चेकजाँच गर्दा ड्यासबोर्डभित्र लुकाएर राखिएको एक थान पेस्तोल र ३ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Previous article
मनीषा कोइराला लन्डनमा सम्मानितलन्डन — अभिनेत्री मनीषा कोइराला लन्डनमाग सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले शुक्रबार लन्डनस्थित बेलायती संसद् हाउस अफ कमन्समा आयोजित विशेष समारोहमा कोइरालालाई सम्मान गरेको हो । ब्रिटेनको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले कोइरालालाई अवार्ड प्रदान गरेका हुन् । पत्रिकाले अभिनेत्री कोइरालाको सिनेमा, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि उक्त सम्मान गरिएको जनाएको छ ।नि:शुल्क बाँडिने ब्रिटेनको दक्षिण एसियाली समुदायबीच अति लोकप्रिय उक्त समाचारपत्रले दक्षिण एसियाली समुदायका विभिन्न व्यक्तित्वलाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छ । सांसद हुसेनले अभिनेत्री कोइरालाले तीन दशक बढी समयमा कला क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको जनाए ।
Next article
बाँकेको विभिन्न स्थानबाट चोरीपैठारीको सामान बरामद:बाँकेको विभिन्न स्थानबाट सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण तथा गण मातहत युनिटले करीव १६ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीका विभिन्न सामान बरामद गरेको छ ।सोही जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट असोज २५ गते भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीव १० लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरिएको हो ।यसैगरी नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट असोज २५ गते करीव ४ लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएको छ ।भारतबाट अवैध रुपले अटो रिक्सामा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा, किराना सामान र सुर्तीजन्य पदार्थ नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।त्यस्तै सोही जिल्लाको नेपालगंज उपमहानगरपालिका १४ पिप्रहवाबाट असोज २५ गते करीव १ लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ ।भारतबाट अवैध रुपले २ वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाहमा बुझाईएको छ ।करीव १५ लाख बराबरको चोरीपैठारीको सामान बरामद :पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट असोज २८ गते करीव १५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएकोे छ ।विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले सोही ठाउँ बस्ने समिम मियाको घर भाडामा लिई मुकेश भन्ने व्यक्तिले लुकाई छिपाई राखेको उल्लेखित मुल्यको लत्ताकपडा, हार्डवेयर तथा मोटर पार्ट्स बरामद गरेको हो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles