Tuesday, April 22, 2025

भारतका धनाढ्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की

ताजा / भरखरै प्राप्त

एजेन्सी
भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका मुकेश अम्बानीलाई पैसा माग्दै ज्यान मार्ने धम्की आएको बिबिसीले लेखेको छ।
मुम्बई पुलिसका अनुसार एक अनजान व्यक्तिले इमेलमार्फत् मुकेश अम्बानीसँग बीस करोड भारू मागेका छन्। उक्त पैसा नदिए ज्यान मार्ने धम्की उनलाई दिएका हुन्।
ती व्यक्तिले पठाएको इमेलमा भनिएको छ, ‘तिमीले हामीलाई बीस करोड रूपैयाँ (भारू) नदिए हामी तिम्रो ज्यान लिनेछौं। हामीसँग भारतका एकदमै राम्रा सुटर (गोली हान्ने व्यक्ति) छन्।’
मुकेश अम्बानीलाई यो धम्की अक्टोबर २७ मा शादाब खान नामको व्यक्तिको इमेलबाट आएको बिबिसीले उल्लेख गरेको छ।
मुम्बई पुलिसले गामदेवी थानामा आइपिसी धारा ३८७ र ५९६ (२) अन्तर्गत यो मामिला दर्ता गरेको छ।

भारतकै धनाढ्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलोपटक होइन। गत वर्ष मुम्बई पुलिसले मुकेश अम्बानी र उनको परिवारलाई पनि धम्की दिने व्यक्तिलाई बिहारबाट पक्राउ गरेको थियो।
ती व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेसन अस्पताललाई बमले उडाउने धम्की दिएका थिए।

त्यसअघि सन् २०२१ मा अम्बानीको घरनजिकैबाट विस्फोटक पदार्थले भरिएको एउटा एसयुभी गाडी पनि फेला परेको थियो।साभार।

Previous article
झडपमा युवकको मृत्यु भएको घटनामा तीन जना पक्राउदैलेखको भैरवी गाउँपालिका–४ सि,लंगीमा भएको झडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।बिहिबार बेलुका भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर–२ का २० बर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको थियो।घटना भएको २४ घण्टाभित्र शुक्रबार बेलुका तीन जनालाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए। पक्राउ पर्नेमा भैरवी गाउँपालिका–४ का झपिन शाही, धर्मराज अधिकारी र मनिषा रिजाल रहेका छन्।उनीहरूलाई भैरवी गाउँपालिकाकै विभिन्न स्थानबाट पक्राउ गरिएको डिएसपी लम्सालले बताए।प्रहरीका अनुसार झडपमा मृत्यु भएका किशोरका जेठान नाता पर्ने सुमन शाही पनि घाईते भएका थिए। उनलाई दुल्लु अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।घाईते भएका किशोरलाई थप उपचारका लागि कर्णाल प्रदेश अस्पताल लगिएको थियो। शुक्रबार बिहान साढे २ बजे उपचाका क्रममा उनको मृत्यु भएको थियो।नियन्त्रणमा लिईएका व्यक्तिहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको डिएसपी लम्सालले जानकारी दिए। मृतकका परिवारले सुर्खेत प्रहरीमार्फत जाहेरी दर्ता गराएको उनले बताए।
Next article
मादक पदार्थ सेवन गरेर हत्या गर्ने दुई जना पक्राउसोलुखुम्बु । सोलुखुम्बुमा एक जना पुरुषको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महाकुलुङ गाउँपालिका-२ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको झै-झगडामा सितल बहादुर राईको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झै-झगडामा संलग्न धरन बहादुर र समितलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles