Monday, April 21, 2025

मादक पदार्थ सेवन गरेर हत्या गर्ने दुई जना पक्राउसोलुखुम्बु । सोलुखुम्बुमा एक जना पुरुषको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महाकुलुङ गाउँपालिका-२ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको झै-झगडामा सितल बहादुर राईको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झै-झगडामा संलग्न धरन बहादुर र समितलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
अवैध उत्खनन् गर्ने ट्याक्टर र टिपर प्रहरी नियन्त्रणमाजनकपुरधाम । धनुषामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएको ट्याक्टर र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध रुपमा उत्खननमा प्रयोग भएको ९ वटा ट्याक्टर र एउटा टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।शनिवार क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरस्थित जलाद खोलामा उत्खनन् गरिरहेको ज १ त ७२१७, ज १ त ६२७५, ज २ त ११३, ज १ त ४२९८, ज १ त ५१३२, ज १ त ७५९७, प्र २–०३–०१ त ४९९७, अन टेस्ट आइचर २४२ र अनटेस्ट जन डियर ५०४५ नम्बरको ९ वटा ट्रयाकटर नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles