जारी खेलमा राम्रो सुरुवात गरेपनि सिंगापुरले निर्धारित समयमा १ सय ४५ रन मात्रै बनायो । सिंगापुरको व्याटिङलाई दबाबमा राख्न नेपालका लागि अविनास बोहराले सर्वाधिक ३ विकेट लिए ।
सन्दीप लामिछाने, करण केसी, गुल्सन कुमार झाले समान २ ÷२ विकेटको योगदान गरे । सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक४६ रन,आर्यवीर चौधरीले ३५ रन, मनप्रित सिंहले २४ रनको योगदान गरे ।
एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।
क्रिकेट
