Saturday, March 15, 2025

३४ करोड २७ लाख ७८ हजार बराबरका बिलबीजक नभएका सामान बरामद

ताजा / भरखरै प्राप्त

पर्सा, ८ साउन ।

वीरगंजको सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा ३४ करोड २७ लाख ७८ हजार ३३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल १३ नं गणका प्रमुख राधेश्याम धिमालले २०७९/८० को तुलनामा २०८०/८१ मा ९ करोड ८९ लाख ३७ हजार ३८२ मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताएका हुन्।
‘भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौं,’ उनले भने, ‘बिलबीजक अनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौं। सोही कार्यालयले आवश्यक अनुसन्धान गर्ने गर्छ।’सशस्त्र प्रहरी बल पर्साले २०८०/८१ मा भन्सार छली गरेर भित्रिएका १४ करोड ८९ लाख ४८ हजार ५५६ मूल्य बराबरकाअवैध समान वीरगंज भन्सार कार्यालयलाई बुझाएको छ। सोही अवधिमा बिलबीजक अनुसार नभएका १९ करोड १६ लाख ९६ हजार ९७५ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ।सशस्त्र प्रहरीले २०७९/८० मा २४ करोड ३८ लाख ४० हजार ९३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles