Monday, March 17, 2025

एआइजी तामाङ डेढ बर्षदेखि एउटै विभागमा

ताजा / भरखरै प्राप्त

पर्सा, ३२ साउन ।
एआइजी टेकबहादुर तामाङ करिब डेढ बर्षदेखि एउटै विभागमा कार्यरत्त रहेका छन् । गत वर्ष चैतमा बढुवा भएका नेपाल प्रहरीका केही एआइजीले तीन वटा महत्वपूर्ण कमाण्ड पाइसकेका पनि तर, एआइजी तमाङ्ग भने एउटै विभागमा रहेका छन् ।
एआइजी टेकबहादुर तामाङले बढुवा भएदेखि अहिलेसम्म एउटा पनि महत्वपूर्ण कमाण्ड पाएका छैनन् , उनी चाकरी गर्न नजानेका कारण पनि हुन सक्छ।
२०८० को चैतदेखि उनी अपराध अनुसन्धान विभागमा कार्यरत भई काम गदै आएछन् । गएको मंगलबार सरकारले तीन जना एआइजीको सरुवा गरे पनि उहाँ सरुवा लिस्तमा पर्नु भएन् । तामाङलाई कुनै महत्वपूर्ण जिम्मेवारी पाउने आकलन प्रहरी अधिकारीले गरेको थियो । तर, उनको कहि सरुवा भएन ।
राजनीतिक नेताको ढोका नधाएकाले नै उनले अवसर नपाएको चर्चा नेपाल प्रहरी प्रधान कार्यालयमा चल्दै छ । जबकी जाँचबुझ आयोगले समेत कमाण्डमा असक्षम भनेर कारबाही सिफारिस भएकी एआइजी किरण बज्राचार्यलाई सिआइबीपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व दिइएको छ ।
प्रहरीको उच्च तहमै यो तहको राजनीतिकरण छ भने तल्लो तहको अवस्था के होला, आफै आकल गर्न पनि सकिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles