पर्सा, २० भद्रौ

भारतबाट लुकाइ छिपाइ स्रोत नखुलेको ४ लाख रुपैयाँ नगद ल्याउने एक जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नम्बर १ स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालयबाट टोलीले चेकजाँचका क्रममा भारत सितामढीका १८ वर्षीय सत्यम भन्ने अनिकेत राजलाई सो रकमसहित पक्राउ परेका छन् ।
भारतबाट गौर बजारतर्फ पैदलै आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्दा दाहिने र देब्रे खुट्टामा लगाएको जुताभित्र ३ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीले कार्यालय राैतहटले
जनाएको छ ।