पर्सा, २५ भद्रौ

सशस्त्र प्रहरीका डिएसपी सुरज रिजाल द्वारा पर्साको
बिरगंजमा विभिन्नठउमा छापामारी :
सशस्त्र प्रहरीले पर्साको वीरगन्जस्थित तीन वटा गोदाम र विभिन्न इलाकाबाट करिब २० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भाद्र २२ गते ७ लाख ८० हजार ४ सय ३० रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरिएको हो ।
भारतबाट अवैध रूपले ल्याएर सो ठाउँको खुश्बु चकलेट उद्योगको गोदाममा भण्डारण गरी राखेको ३ लाख ६ हजार ६ सय ३० रुपैयाँको चकलेट, चिनी र बोरा सिलाउने तथा जोख्ने मेसिनहरू र सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको ४ लाख ७३ हजार ८ सय रुपैयाँको काजु, खजुर, बदाम, बिस्कुट, अजिर र किसमिसका सामान
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गोदाममा छापामारी गरी
बरामद गरेको हो ।
यस्तै सोही महानगरपालिका वडा नम्बर ८ मिनाबजारस्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदाममा अवैध रूपमा भण्डारण गरी राखिएको २ लाख ७० हजार १ सय ७० रुपैयाँको आलु र प्याज समेत सशस्त्र प्रहरीले
बरामद गरका छन् ।
यसैगरी भाद्र २३ गते सोही महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट ९ लाख ४५ हजार ६ सय रुपैयाँ बराबरको काजु, मरिच र टेम्पोसहित एक जनालाई नियन्त्रणमा लिइएको हो ।
ना:२ ह: ५९६ नम्बरको टेम्पोमा लोड गरिएको सो सामानसहित बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर २ बैरैनिया बस्ने २५ वर्षीय विनोद कुश्वाहालाई प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा
लिएको हो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले यसअघि पनि सो क्षेत्रका विभिन्न गोदाममा छापामारी गरी
करोडौँ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेका छन् ।