Friday, January 17, 2025

ताजा / भरखरै प्राप्त

  • English
  • खोज्नुहोसSearchखोज्नुहोस

निर्वाचन

Unicode

अब हरेक विषयमा राजनीति गर्न छाडौँः प्रधानमन्त्री

मदेश प्रदेश खबर

जेठ २२, २०८० सोमबार ११:३७:१२

125Shares

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
linkedin sharing button
sharethis sharing button

AA

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक विषयमा राजनीतिक गर्ने पराम्पराले  देश र समाजलाई हित नगर्ने बताएका छन् । उनले जुनसुकै विषयलाई पनि राजनीतिक लाभ र हानीका रुपमा हेरिदा कहिले काही समान्य विषयले पनि जटिल मोड लिने गरेको बताए ।   

प्रधानमन्त्री प्रचण्डले जहाँ पनि राजनीति गर्नु सहि नभएको बताए । हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरू पछि परको उनको भनाइ छ । अब अनावश्यक राजनीतिभन्दा अनुशासन कायम गर्दै विकास निर्माणका कामलाई प्राथमिकता दिने तर्फ सबैको ध्यान जानुपर्ने बताए । 

काठमाडौँ विश्वविद्यालय सभाको ९७ औं बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले साना साना कुरामा राजनीति गरेर फाइदा नहुने र देशले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी विश्वविद्यालयको हुनुपर्ने बताए । विश्वविद्यालयमा अनावश्यक राजनीतिक खिचातानी गर्ने काम बन्द गर्नुपर्ने उनको भनाइ छ ।  

विश्वविद्यालयको शिक्ष उचित हुँदै गए देशले आर्थिक विकासमा फड्को मार्ने र उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरुप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने उनले बताए । 

प्रचण्डले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताए । उनले भने, ‘हामी सबैले मिहेनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउने तिर जानु पर्दछ ।’ उनले काठमाडौँ विश्वविद्यालयले रोजगारी स्वदेशमै सृष्टि गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles